काठमाडौँ : प्रतिनिधिसभा, अर्थ समितिले रसुवाबाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ । अध्ययन तथा विश्लेषण गर्न सांसद सुशिल खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले खड्कको संयोजकत्वमा उक्त उपसमिति गठन गरेको हो । उपसमितिको सदस्यमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहेका छन् । समितिका सभापति डा कृष्णहरि बुढाथोकीले उपसमितिले रसुवा बाढीसँग सम्बन्धि र जलवायु वित्तसम्बन्धी अध्ययन गरी असोज २ गतेभित्र प्रतिवेदन पेस गर्नका लागि ... The post रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन appeared first on Kalika Khabar.