हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह

  • बुधबार २४ भौ २०८३ ०६:२२ AM
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२ भदौ २३ र २४ गते भएका घटनाको गम्भीर छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । तत्कालीन समयमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आज एक प्रेस वक्तव्यमार्फत भदौ २३ गतेको युवा प्रदर्शनका क्रममा गोली लागी ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको