काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

  • बुधबार २४ भौ २०८३ ०७:०० AM
बनेपा । काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरू बाढीपहिरोले भत्काएको घरको भग्नावशेष हेर्दै बस्न बाध्य छन् । वि.सं २०८१ असोज ११ र १२ गतेको विनाशकारी बाढीपहिरोले घरबारविहीन प्रायः अस्थायी टहरामै गुजारा गरिरहेका छन् । सरकारबाट अनुदान पाउने आशामा रहेका ती परिवारका लागि क्षतिको नापजाँचदेखि लाभग्राही कायम गर्ने र अनुदान निकासासम्मको प्रक्रिया अझै टुङ्गिएको