बाढीपीडित व्यवसायीले मागे ऋण नवीकरण र बीमा रकमको तत्काल भुक्तानी

  • बुधबार २४ भौ २०८३ ०६:३४ AM
काठमाडौं । भोटेकोशी–त्रिशूली करिडोरमा भदौ १० गते आएको विनाशकारी बाढीबाट नुवाकोटका करिब १ हजार ८ सयभन्दा बढी उद्योग तथा व्यवसायमा क्षति पुगेको छ । बाढीपीडित व्यवसायीहरूले तत्काल राहत तथा व्यवसाय पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालसँग भएको छलफलमा व्यवसायीहरूले बाढीबाट पूर्णरूपमा क्षतिग्रस्त उद्योग तथा व्यवसाय पुनः