बैंकिङ प्रणालीमा थुप्रियो १३ खर्ब, थप ५५ अर्ब खिच्दै राष्ट्र बैंक

  • बुधबार २४ भौ २०८३ ०५:५१ AM
काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले ठूलो रकम प्रणालीबाट खिचिरहेको छ । चालु आर्थिक वर्ष सुरु भएयता राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत १३ खर्ब ३ अर्ब ६० करोड रुपैयाँ खिचिसकेको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप बढे पनि त्यसअनुसार कर्जा विस्तार हुन नसकेपछि प्रणालीमा अतिरिक्त रकम बढेको हो ।