भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले भोटेकोशीमा बाढीबाट प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाले रु २४ लाख ५३ हजार ५०४ बराबरको सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको हो । स्थानीय सरकार, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले उक्त सहयोग सङ्कलन गरेका