भोटेकोशी बाढीको वास्तविक क्षति विवरण तयार गर्न अर्थमन्त्री वाग्लेको निर्देशन

  • बुधबार २४ भौ २०८३ ०४:१६ AM
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीबाट भएको भौतिक क्षति र पुनर्निर्माणका लागि आवश्यक पर्ने रकमको मूल्याङ्कन यथार्थपरक बनाउन निर्देशन दिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोग र विश्व बैंकले तयार गरिरहेका बाढीपछिको क्षतिको प्रारम्भिक मूल्याङ्कनबारे छलफल गर्दै मन्त्री वाग्लेले यस्तो निर्देशन दिएका हुन् । उनले बाढीबाट भएको क्षतिको सही विवरण तयार