ग्यास अभाव हटाउन सरकारको नयाँ उपाय, अब अर्को कम्पनीको सिलिन्डर साट्न मिल्ने

  • बुधबार २४ भौ २०८३ ०५:१३ AM
काठमाडौं । बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव हटाउन सरकारले नयाँ व्यवस्था गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यासको सहज आपूर्तिका लागि सम्बन्धित निकायसँग छलफल गरेपछि यस्तो व्यवस्था गरिएको हो । अब उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको ग्यास बजारमा नपाएमा अर्को कम्पनीको भरिएको सिलिन्डर पनि सोही मूल्यमा किन्न सक्नेछन्