रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने

  • बुधबार २४ भौ २०८३ ०४:११ AM
प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितको खोजी, उद्धार, पुनर्स्थापना, राहत वितरण लगायतका विषयमा सम्बोधन गर्ने बुझिएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यसूची छ ।