काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन एनसेलले स्याटेलाइट प्रविधिमा आधारित निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ। आपत्कालीन अवस्थामा समेत सञ्चार सम्पर्क अवरुद्ध नहोस् भन्ने उद्देश्यले एनसेलले युटेलस्याटको लो अर्थ अर्बिट (LEO) स्याटेलाइटबाट सञ्चालित उपकरणहरू प्रभावित क्षेत्रमा जडान गर्न थालेको जनाएको छ। उद्धार, राहत तथा पुनःस्थापना कार्यमा संलग्न सम्बन्धित सरकारी निकायसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण तथा आवश्यक स्थानमा यस्ता उपकरण जडान भइरहेको कम्पनीले जनाएको छ। सञ्चार सञ्जाल अवरुद्ध भएको अवस्थामा समेत स्याटेलाइटमार्फत इन्टरनेट सेवा उपलब्ध गराउन सकिने एनसेलको भनाइ छ। कम्पनीका अनुसार ... The post बाढी प्रभावित क्षेत्रमा एनसेलको स्याटेलाइट इन्टरनेट, नुवाकोटका तीन स्थानमा सेवा सुरु appeared first on Kalika Khabar.