कर्णाली : कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। उक्त राजमार्गको सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गत दुल्लु नगरपालिका-१ दैलेखको भम्लु खोलास्थित गए राति माथिबाट सुक्खा पहिरो आएर सडक अवरद्ध भएको हो। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार राजमार्गअन्तर्गत कालीकोट खाँडाचक्र नगरपालिकाको पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा खसेको पहिराले यही भदौ २० गतेदेखि बन्द सडक मङ्गलबार दिउँसोदेखि सञ्चालन भएको थियो। दैलेखमा गए राति गएको सुक्खा पहिरोले सडक पुनः अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। प्रहरीका अनुसार आज बिहान प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी टोली भम्लु खोलामा ... The post भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध appeared first on Kalika Khabar.