सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वरसाइनस्थित स्वास्थ्यचौकीमा प्रसूति गृह (बर्थिङ सेन्टर) बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । चौबीसै घण्टा ‘ प्रसूति सेवा’ उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गरी विसं २०७९ चैत १५ मा‘बर्थिङ सेन्टर’ शुभारम्भ गरिएको थियो । पछिल्ला दिनमा दक्ष जनशक्ति, आवश्यक उपकरण र आर्थिक अभावका कारण ‘बर्थिङ सेन्टर’ अलपत्रमा परेको स्थानीयवासी