कांग्रेसको विधान मस्यौदा समितिमा चार सदस्य मनोनीत

  • मङगलबार २३ भौ २०८३ ०९:२७ PM
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’मा सदस्य र सदस्य-सचिव मनोनयन गरेका छन्। महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित उक्त समितिमा सभापति थापाले पार्टीका चार जना केन्द्रीय सदस्यलाई सदस्य र एक जनालाई सदस्य-सचिवका रूपमा मनोनयन गरेका हुन्। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय सदस्य जीवन परियार, राजीव ढुङ्गाना, कुशुमदेवी थापामगर र अञ्जु झालाई मस्यौदा समितिमा मनोनयन गरिएको छ। समितिको सदस्य-सचिवको जिम्मेवारी प्रताप पौडेललाई दिइएको छ। पार्टीको विधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधनका लागि आवश्यक मस्यौदा तयार पार्न उक्त समिति गठन गरिएको हो।