काठमाडौं । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन र भ्रष्टाचारमा शून्य सहनशीलतामार्फत जेनजी सहिदहरूको सपना पूरा गर्न प्रतिबद्ध रहेको बताएकी छन् । जेनजी सहिद दिवसको सन्दर्भमा उनले गत वर्ष भदौ २३ गते सुशासन र भ्रष्टाचारमुक्त शासनको मुद्धा अघि सारेर गरिएको आन्दोलन र त्यसअघिका राजनीतिक आन्दोलनबाट सहादत प्राप्त गरेका सहिद र घाइतेप्रति सम्मान प्रकट