नेपालस्थित अमेरिकी दूतावासले वरिष्ठ अमेरिकी कूटनीतिज्ञ मेगन बोल्डिनलाई काठमाडौंमा स्वागत गरेको छ। उनी आगामी केही महिनाका लागि कार्यवाहक अमेरिकी राजदूतका रूपमा नेपालमा रहनेछिन् र विनाशकारी बाढीपछि जारी प्रतिकार्य तथा पुनर्लाभका प्रयासमा अमेरिकी दूतावासको भूमिकालाई नेतृत्व गर्न सहयोग गर्नेछिन्। बोल्डिनले दूतावासका नियोग उपप्रमुख स्कट अर्बमसँग सहकार्य गर्दै नेपालमा बाढीबाट प्रभावित अमेरिकी नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने