ग्यास नपाएपछि जनताको आक्रोश- मरेकालाई खोजिरहेका छन्, जिउँदोलाई मारिरहेका छन्

  • मङगलबार २३ भौ २०८३ १२:०३ PM
काठमाडौं उपत्यकाको बिहानी अचेल चियाको मगमगाउँदो बास्ना वा तातो दूधको उम्लाइबाट सुरु हुँदैन । यो सुरु हुन्छ सडकपेटीमा फलामे साङ्लोले बाँधिएर लामवद्ध बनाइएका रित्ता राता सिलिण्डरहरूको स्तब्ध मौनताबाट । भदौको घामले उपत्यकाको धुलोलाई तताउँदै गर्दा शहरका गल्ली र डिपो अगाडि अनौठो, निर्मम र विरक्तलाग्दो दृश्य देखिन्छ । मानिसहरू आफ्ना कामधन्दा, रोजगारी, कार्यालय र पढाइ छाडेर