अर्घाखाँची । अर्घाखाँचीमा गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सीमा हेरफेर तथा स्थानीय तह पुनर्संरचनाका विषयमा प्रारम्भिक बहस सुरु भएको छ। नेपाल सरकारले गत असार ४ गते राजपत्रमा प्रकाशित गरेको मापदण्डअनुसार जिल्ला समन्वय समितिको पहलमा स्थानीय तहको संख्या तथा सीमाना हेरफेर, एक–आपसमा गाभ्ने तथा नगरपालिकाको वर्गीकरण पुनरावलोकनसम्बन्धी अध्ययन अघि बढाइएको हो। यसैक्रममा अध्ययन टोलीले शितगंगा नगरपालिका–९, नयाँबस्तीमा स्थानीय, राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिसँग प्रारम्भिक छलफल गरेको छ। छलफलमा स्थानीय तहको भौगोलिक अवस्था, सेवा प्रवाह र स्थानीय आवश्यकतालाई ध्यानमा राखेर वडाको सीमा पुनरावलोकन गर्नुपर्ने विषयमा स्थानीयले विभिन्न सुझाव दिएका छन्। जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले स्थानीय तहको संख्या तथा सीमाना हेरफेरसम्बन्धी मापदण्डका आधारमा प्रारम्भिक अध्ययन भइरहेको बताए। शितगंगा नगरपालिकाको भौगोलिक जटिलतालाई समेत ध्यानमा राख्दै स्थानीयको माग र सरोकारवालाबाट प्राप्त सुझावका आधारमा प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ। छलफलमा वडा नं