प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भायानेटको २० लाख सहयोग

  • मङगलबार २३ भौ २०८३ ११:०८ AM
काठमाडौं । इन्टरनेट प्रदायक कम्पनी भायानेटले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । रसुवास्थित भोटेकोशी नदीमा हालै आएको बाढीका कारण प्रभावितहरुको उद्धार तथा राहतका लागि २० लाख रुपैयाँ सरकारी कोषमा सहयोग गरिएको कम्पनीले जनाएको छ । आज भायानेटका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरिएको