काठमाडौँ : नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको औपचारिक तयारी सुरु गरेको छ। पार्टीले आगामी असोज १६, १७, १८ र १९ गते काठमाडौँमा १५औँ महाधिवेशन आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ । अहिले कांग्रेसले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा महाधिवेशनमा महाधिवेशनको उद्घाटन गर्नेगरी आवश्यक व्यवस्थापन थालेको हो । सोहीअनुसार कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार राष्ट्रिय सभागृहका प्रमुखलाई पत्र लेख्दै असोज १५ देखि असोज २० गतेसम्म ६ दिनका लागि हल उपलब्ध गराइदिन अनुरोध गरेका छन् । पार्टीले महाधिवेशनको तयारी, व्यवस्थापन र कार्यक्रम सञ्चालनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल ... The post कांग्रेसको १५औँ महाधिवेशन राष्ट्रिय सभागृहमा हुने appeared first on Kalika Khabar.