काठमाडौँ। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको बताएका छन् । उनले पार्टी नेता कार्यकर्ता परिचालन भन्दा पनि सीडीओ सरुवातिर केन्द्रित बन्दा जनसम्बन्ध टुटेको स्वीकार गरेका छन् । पार्टीको मधेस प्रदेशको कमिटीले आयोजना गरेको मिसन जागरण अभियानको अभिमुखीकरण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै पूर्वउपमहासचिव समेत रहेका ज्ञवालीले पार्टी नेताहरू सरकारी र राजर्षीपनका कारण एमाले कमजोर भएको बताएका हुन् । ‘एमाले जनपरिचालन गर्ने पार्टी हो तर हाम्रो कार्यशैली सरकारी भयो । राजर्षी भयो’ ज्ञवालीले भने ‘हाम्रो ध्यान सिडिओ सरुवा,प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो’, ज्ञवालीले भने,‘यसले पार्टी नेतालाई जनतासँग टाढा ... The post जनतासँगको सम्बन्ध टाढिएकाले एमाले कमजोर भयो : प्रदीप ज्ञवाली appeared first on Kalika Khabar.