जर्मनीद्वारा भोटेकोशी बाढी पीडितका लागि ८० लाख युरो सहायता घोषणा

  • मङगलबार २३ भौ २०८३ ०८:५० AM
काठमाण्डु– त्रिशुली– भोटेकोशी बाढीबाट प्रभावितको राहत, पुनःस्थापना तथा दीर्घकालीन पुनर्निर्माणका लागि जर्मनीले करिब ८० लाख युरो बराबरको सहयोग उपलब्ध गराउने भएको छ । काठमाण्डुस्थित जर्मन दूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै तत्कालीन मानवीय सहायता, विकास सहयोग तथा युरोपेली संघ र बहुपक्षीय संयन्त्रमार्फत हुने सहयोगलाई समेत समेटेर नेपाललाई उक्त राषिको सहयोग उपलब्ध गराउन लागिएको जनाएको हो