काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलन परम्परागत राजनीतिक शैलीप्रतिको अस्वीकार भएको बताएका छन् । भदौ २३ र २४ गते भएको आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई युवाहरूको स्वतःस्फूर्त जागरण भएको बताएका हुन् । उनले आन्दोलनमा ज्यान