महिला बडीबिल्डिङमा रिपु घर्तीले जितिन् उपाधि

  • मङगलबार २३ भौ २०८३ ०७:५३ AM
काठमाडौं । छैठौँ मिस्टर काठमाडौं अन्तर्गत महिला बडीबिल्डिङतर्फ रिपु घर्ती ले उपाधि जितेका छिन् । काठमाडौं बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएसनको आयोजनामा सम्पन्न छैठौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप-२०८३ मा विभिन्न सात तौल समूहसहित मेन्स स्पोर्ट्स फिजिक, मेन्स एथलेटिक फिजिक, मेन्स जुनियर, मेन्स मास्टर्स, महिला एथलेटिक फिजिक र महिला बडीबिल्डिङ विधामा प्रतिस्पर्धा भएको थियो