नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सोमबार अदालतमा उपस्थित भएका पाँडेलाई जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले सो धरौटी माग गरेको हो। अदालतले तोकेको धरौटी रकम बुझाएपछि उनी रिहा भएका छन्। पाँडेविरुद्ध गत साउन २७ गते ठगी