कपिलवस्तु । नटुवा समुदायले नटुवा जातिलाई लोपोन्मुख जातिको सूचीमा समावेश गर्न माग गरेका छन् । कपिलवस्तुमा करिब तीन सय घरधुरी नटुवा समुदायको बसोबास छ । कृष्णनगर नगरपालिकाको बहादुरगञ्ज, शुद्धोधन गाउँपालिकाको प्रगतिनगर, मायादेवी गाउँपालिकाको अभिराव र यशोधरा गाउँपालिकाको वसन्तपुरलगायत क्षेत्रमा नटुवा समुदायको बसोबास छ । मायादेवी गाउँपालिका–२ अभिरावका नेतराम नटुवाले पटकपटक काठमाडौँ पुगेर सम्बन्धित निकायमा माग