जेनजी आन्दोलनको एक वर्ष : दलका युवा नेताहरूको नजरमा के बदलियो ?

  • मङगलबार २३ भौ २०८३ ०५:५५ AM
एक वर्षअघि सडकमा उत्रिएको जेनजी पुस्ताले केवल सरकार परिवर्तनको माग गरेको थिएन । उनीहरूको असन्तुष्टि व्यवस्थाप्रतिको निराशा, राजनीतिक नेतृत्वप्रतिको अविश्वास, भ्रष्टाचार, नातावाद, अवसरको अभाव र भविष्यप्रतिको अन्योल जस्ता विषयमा थिए । जेनजी पुस्ताको आक्रोश सडकमा पोखियो, आन्दोलन चर्कियो । धेरैले ज्यान गुमाए । राज्यका संरचना र निजी सम्पत्तिमा ठूलो क्षति भयो । त्यसपछि राजनीतिको पुरानो