इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले भोटेकोशी बाढी प्रभावितको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपियाँ सहयोग गरेको छ। वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्। प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सो रकम प्रदान गरिएको वर्ल्डलिंकले जनाएको छ। बाढीका कारण The post वर्ल्डलिंकद्वारा बाढी प्रभावितको लागि १ करोड १ लाख रुपियाँ सहयोग appeared first on Businesspana.