काठमाण्डु – पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सुशासन, जवाफदेहिता र नागरिक सम्मानका विषयमा स्पष्ट सन्देश दिएको बताएकी छन्। भदौ २३ गते जेनजी आन्दोलनको एक वर्ष पुगेको स्मरण गर्दै कार्कीले एक वर्षअघि नवयुवाहरूले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक तथा डिजिटल सञ्जालबाट आवाज उठाउँदा त्यसलाई दबाउने क्रममा निर्दोष युवाहरूको ज्यान