काठमाण्डु – एसीसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित बायुएमास ओभलमा नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । मलेसियाको बायोमास ओभलमा हङकङका कप्तान यासिम मुर्तजाले टस जितेर ब्याटिङको निर्णय लिएका हुन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले प्रतियोगितामा लगातार तीन खेल जित्दै समूह ‘ए’को शीर्ष स्थानमा आफूलाई सुरक्षित गरिसकेको छ।