आज ‘जेन्जी’ शहीद दिवस : सार्वजनिक विदा

  • मङगलबार २३ भौ २०८३ ०१:०४ AM
काठमाडौं । आज ‘जेन्जी’ शहीद दिवस मनाइँदै छ । गत २३ भदौमा ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।