भोटेकोशी बाढीपीडितका लागि कपिलवस्तुका ६ पालिकाले जुटाए सवा २ करोड

  • सोमबार २२ भौ २०८३ ०३:१६ PM
बाणगंगा, २२ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कपिलवस्तुका छ स्थानीय तहले रु दुई करोड २५ लाख १३ हजार सहयोग गर्ने भएका छन्। बाढीबाट प्रभावित परिवारको राहत, उद्धार, उपचार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पालिकाहरूले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।