काठमाण्डु – सामाजिक सञ्जालका अभियन्ता तथा रुटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकलाई लक्षित गर्दै अहिलेका ‘घण्टेहरू’ले पहिलेका ‘झोलेहरू’को बाटो फलो गरेको टिप्पणी गरेका छन् । अभियन्ता पौडेलले बाढीमा आफन्त हराएका वा गुमाएका मानिसहरू पीडा र तनावमा भएका बेला रास्वपाका अन्धसमर्थकले उल्टै घाउमा नुन छर्किने काम गर्नु उचित नभएको बताए