डीबी सागरद्वारा बाढीपीडितका लागि १ लाख ५० हजार सहयोग

  • सोमबार २२ भौ २०८३ ०७:४४ PM
काठमाडौँ। रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि इन्टरनेसनल कमिसन फर दलित राइट्स (आईसिडिआर) का संस्थापक तथा अध्यक्ष डीबी सागर विश्वकर्मा र उनकी श्रीमती कमला कराराले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्।  विश्वकर्मा दम्पती हाल अमेरिकामा बसोबास गर्दै आएका छन्। विश्वकर्मा दम्पतीले विभिन्न संस्था र सीधै प्रधानमन्त्री राहत कोषमा समेत गरी एकमुष्ट १ लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको जनाएका छन्।  नेपाल देखि अमेरिकासम्म लामो समय दलित आन्दोलन र अधिकारका सवालमा काम गर्दै आएका विश्वकर्मा अमेरिकामा रहेर पनि निरन्तर सीमान्तकृत समुदायको सवालमा वकालत गर्दै आएका छन्।