काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि मंगलबार बस्ने भएको छ । नेपाली कांग्रेसले सोमबार जारी गरेको विज्ञप्तिअनुसार बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपीनगर ललितपुरमा बस्नेछ । समितिका सदस्य सचिव राजु कटुवालले सोमबार विज्ञप्ति जारी गर्दै बैठकसम्बन्धी जानकारी दिएका छन् ।