काठमाण्डु – ललितपुर महानगरपालिका–९ च्यासलबाट प्रहरीले १७ हजार ४०० क्याप्सुल ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले लागूऔषध कारोबार भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१७ घर भई सातदोबाटोमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर