काठमाडौँ। नयाँ आर्थिक वर्षका लागि नीति, कार्यक्रम र योजनाहरू तय गर्दै अन्तर्राष्ट्रिय स्काउट भोलेन्टियर्स ग्रुप (आईएसभीजी) नेपालको ५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रस सोसाइटीको हलमा भएको संस्थाको साधारणसभाले संस्थाको वार्षिक प्रगति, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजना पारित गरेको छ। साधारणसभाले युवा नेतृत्व विकास, स्वयंसेवा, विपद् व्यवस्थापन, रक्तदान, कला–संस्कृति संरक्षण तथा सामाजिक सेवाका अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको संस्थाका अध्यक्ष अजित खड्काले बताए। उनका अनुसार साधारण सभाले हाल राष्ट्रियस्तरमा मात्रै रहेको संस्थाले अब स्थानीय तहसम्म इकाइहरू गठन गर्ने निर्णय भएको छ। संस्थाले आफ्ना उद्देश्यहरू पूर्ति गर्न अब विभिन्न कार्यदल, उपसमिति र विभागहरू गठन गर्ने र ती संयन्त्रमार्फत् प्रभावकारी कार्यक्रमहरू अघि बढाउने उनले बताए। साधारणसभामा अध्यक्ष अजित खड्काले संस्थाको रणनीतिक योजना तथा कार्यक्रम, महासचिव दिपकप्रसाद उप्रेतीले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष बिजेश्वरी अमात्यले संस्थाको आर्थिक अवस्था समेटिएको प्रतिवेदन पेश गरेका थिए। साधारणसभामा प्राध्यापक डा