काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षतिलाई प्राकृतिक विपत्तिमा मात्रै सीमित नगरी जलवायु संकट, अव्यवस्थित बस्ती र कमजोर विपद् पूर्वतयारीसँग जोडेर हेर्नुपर्ने बताएको छ । पार्टीका अध्यक्ष सन्तोष परियारद्वारा जारी विज्ञप्तिमा बाढीबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता नागरिकको खोजी कार्यलाई अन्तिम व्यक्तिको अवस्था यकिन नभएसम्म निरन्तरता दिन सरकारसँग आग्रह