काठमाण्डु – सामाजिक सहिष्णुतामा आघात पुर्याउने अभिव्यक्ति भिडियो सामाग्री प्रसारण गर्ने काठमाण्डुको चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्ने बैतडीको सुर्नया गाउँपालिका–७ घर भएका २४ वर्षीय वीरेन्द्र मडै पक्राउ परे । उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । वीरेन्द्रले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा