काठमाडौं । नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीले भोटेकोशी बाढीपीडितका लागि १ करोड ३८ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन् । राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारको सहयोगका लागि १ करोड ३८ लाख ९९ हजार ४२५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका