राहत सामग्रीमा कैफियत : भिजेको चिउरा, घुन लागेको र ‘डेट एक्स्पायर’ चालमसम्म भेटियो

  • सोमबार २२ भौ २०८३ ११:५५ AM
काठमाडौं । भदौ १० को विनासकारी बाढीपछि रसुवा–नुवाकोट लगायतका क्षेत्रमा काठमाडौंबाट राहत लैजाने क्रम जारी छ । विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा संकलित कतिपय राहत सामग्रीमा समेत कैफियत भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त टोलीले राहत सामग्री राखिएका स्थानमा अनुमगन गरेको थियो ।