भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेपनि नेपाली सेनाका ४५ जना अझै बेपत्ता रहेको नेपाली सेनाले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको भोटेकोशी बाढी तथा खोज तथा उद्धार कार्यसम्बन्धी पत्रकार सम्मेलनमा नेपाली सेनाका राजाराम बस्नेतले बाढीपछि बेपत्ता भएकाहरुको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी