काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भोटेकोशी बाढीपीडितका लागि उपलब्ध गराउन तयारी अवस्थामा राखिएका राहत खाद्य सामग्रीको निरीक्षण तथा अनुगमन गरेको छ। विभागका अनुसार २०८३ भदौ २० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौंसहितको संयुक्त अनुगमन टोलीले काठमाडौंका दुई स्थानमा राहत सामग्रीको निरीक्षण गरेको हो। अनुगमनका क्रममा राधा स्वामी सत्सङ्ग, सामाखुसीमा तयारी चाउचाउ, बिस्कुट, दालमोठ, चक्की आटा, हुलास पिठो, ताइचिन चिउरा, सोयाबिन मस्यौरा, मुसुरो दाल, सातु, सोयाबिन तेल, भुजा तथा प्याकेजिङ गरिएको प्रशोधित पिउने पानीलगायतका सामग्री राहतका लागि पठाउन तयारी अवस्थामा रहेको भेटिएको विभागले जनाएको छ। अनुगमन गरिएका अधिकांश ... The post भोटेकोशी बाढीपीडितका लागि राखिएको राहत खाद्य सामग्रीको अनुगमन, एक प्याकेट म्याद गुज्रिएको आटा भेटियो appeared first on Kalika Khabar.