नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा

  • सोमबार २२ भौ २०८३ ०३:२३ PM
तनहुँ । नारेश्वर ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित सो तालमा कायाकिङको व्यवस्था गरिएसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढेको हो । विशेषगरी बिदाका दिन तथा पछिल्ला केही दिनयता नारेश्वर तालमा दैनिक दुईदेखि ३०० सम्म आन्तरिक पर्यटक पुग्ने गरेका छन् । शान्त र मनोरम वातावरणमा अवस्थित तालमा पर्यटकहरू ‘कायाकिङ’ गर्दै रमाउने गरेका छन् । तालको प्राकृतिक सौन्दर्यसँगै पछिल्लो समय थपिएको कायाकिङ गतिविधिले युवा तथा पारिवारिक पर्यटकलाई आकर्षित गरेको स्थानीय विजय दरैले बताए । “परीक्षणकै क्रममा रहेको तालमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो । सामाजिक सञ्जालका कारण चर्चा पाएको छ,” उनले भने,, “केही दिनयता दैनिक दुईदेखि ३०० सम्म आन्तरिक पर्यटक आउने गरेका छन् ।” पर्यटकको चहलपहल बढेसँगै स्थानीय व्यवसाय तथा रोजगारीका अवसर पनि विस्तार हुने अपेक्षा छ । आसपासका स्थानीयले पर्यटकलाई थप सुविधा उपलब्ध गराउन यस क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन् । छोटो दूरीको घुमफिरका लागि उपयुक्त गन्तव्य बन्दै गएको छ यो ताल ।  करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको नारेश्वर ताल कङ्क्रिट ग्राभिटी ड्याम प्रविधिबाट निर्माण गरिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । तालको बाँध करिब आठ मिटर अग्लो छ भने औसत गहिराइ २