रसुवा बाढीबारे फैलाइएका भ्रामक सूचनाबाट सचेत रहन प्राधिकरणको आग्रह

  • सोमबार २२ भौ २०८३ ०९:३५ AM
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि सार्वजनिक भएका गलत भिडियो र भ्रामक सूचनाबारे सचेत रहन आग्रह गरेको छ । सोमबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले घटनास्थलमै नभएका केही फेक भिडियोहरू सामाजिक सञ्जालमा फैलिएर जनमानसमा नकारात्मक प्रभाव परेको पाइएको बताएका हुन् । आधिकारीक व्यक्तिहरुबाट आएका भनिएका भिडियोहरूलाई समेत सामाजिक सञ्जाल हेर्ने टिममार्फत फ्याक्ट चेक गर्दा फेक पाइएकाले त्यस्ता भ्रामक सूचनाबारे सचेत रहन उनले आग्रह गरे । चीनसँग समन्वय र विज्ञताको आदानप्रदान गरी खोज, उद्धार तथा राहत कार्यमा कुनै कसर बाँकी नराखिएको उनको ... The post रसुवा बाढीबारे फैलाइएका भ्रामक सूचनाबाट सचेत रहन प्राधिकरणको आग्रह appeared first on Kalika Khabar.