काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको जनाएको छ। बाढीमा ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै बैंकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट तथा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको पनि ... The post सिटिजन्स बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि २ करोड २२ लाख बढी आर्थिक सहयोग appeared first on Kalika Khabar.