चितवन । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका इन्जिनियर विमल काफ्लेको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ । आज परेको १३ औँ दिनको पुण्यतिथिका अवसरमा काफ्ले परिवारले उनी पढेको विद्यालयलाई अक्षयकोषबापत रु दुई लाख ५५ हजार ४२९ हस्तान्तरण गरेको हो । स्वर्गीय काफ्लेका बुबा महोदत्त काफ्ले र उनको परिवारले जनजीवन माध्यमिक विद्यालय माडीका प्रधानाध्यापक