काठमाण्डु– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रको वास्तविक अवस्थाभन्दा फरक दृश्य सामाजिक सञ्जालमा फैलिँदा विपद्का बेला सूचना व्यवस्थापनमै समस्या देखिएको भन्दै सम्वद्ध पक्षलाई सचेत गराएको छ । सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले घटनास्थलसँग असम्बन्धित भिडियोहरू बाढी प्रभावित क्षेत्रको भन्दै सामाजिक सञ्जालमा फैलाउने क्रम बढेकोमा