बसमै अचेत भए युवक, बयोधा अस्पतालद्वारा मृत घोषणा

  • सोमबार २२ भौ २०८३ १०:०४ AM
काठमाण्डु–वीरगन्जबाट काठमाण्डुका लागि छुटेको बसमा यात्रारत एक युवक बाटैमा अचेत भए । अचानक बेहोस भएपछि उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका छन् ।मृत्यु हुनेमा बाराको सिम्रौनगढ नगरपालिका–११ का १९ वर्षीय प्रदीप पटेल रहेको प्रहरीले जनाएको छ । पटेल म.प्र.०३–००१ज०७७५ नम्बरको गाडीमा काठमाण्डु आउँदै थिए । कान्ति लोकपथअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३