काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीले निम्त्याएको महाविपत्तिपछि मुलुकसामु खडा भएको संकट सामना गर्न सरकार, राजनीतिक दलदेखि आमनागरिकसम्म सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् । बाढी प्रभावित क्षेत्र नवाकोट र रसुवाको निरीक्षण गरेर राजधानी फर्किएपछि सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उद्धार, राहत र मानवीय सहयोगमा संलग्न संघसंस्था, जनप्रतिनिधि, नागरिक समाज, निजी क्षेत्र