बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय

  • सोमबार २२ भौ २०८३ ०८:१६ AM
काठमाडौं । नेपाल स्काउटले बाढीपहिरोलगायतका विपद्का घटनामा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ। नेपाल सरकारले नेपाल स्काउटको राष्ट्रिय कार्यसमितिमा सन्तोषकुमार थापाको संयोजकत्वमा नयाँ अन्तरिम समिति गठन गरेसँगै संस्थाका गतिविधिले गति लिन थालेका हुन्। नेतृत्वविहीन बनेको केही समयपछि नयाँ संयोजक पाएसँगै नेपाल स्काउटले विशेषगरी भोटेकोशी बाढी तथा पहिरो प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालनलाई प्रभावकारी बनाएको जनाएको छ। विपद् आएको पहिलो दिनदेखि नै संयोजक थापाको सक्रियतामा स्काउटका स्वयंसेवकहरू विभिन्न टोली बनाएर उद्धार, राहत तथा पुनःस्थापनाका काममा खटिएका छन्। सरकारी विपद् व्यवस्थापन संयन्त्रसँग प्रत्यक्ष समन्वय गर्दै स्काउटले खोज तथा उद्धार, खाना व्यवस्थापन, सामुदायिक ... The post बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय appeared first on Kalika Khabar.